पुरुषको यौन अंगका रुपमा रहेका दुइ अण्डकोषको तौल कति होला ? के कुनै पुरुषको अण्डकोषको तौल आधा क्विन्टल होला ? यो त हुनै नसक्ने कुरा । तर यो दुनियामा नहुने कुरा भन्ने केही छैन । अमेरिकाका एक व्यक्तिको अण्डकोषको तौल झण्डै आधा क्विन्टल छ ।

१ सय पाउण्ड अर्थात् ४५ केेजीभन्दा बढि तौलको अण्डकोष भएका वेस्ले वारेन नामका ती व्यक्ति अहिले खुबै चर्चामा छन् । उनले चर्चा पाउनुको कारण अजंगको अण्डकोष त हुँदैहो, निशुल्क शल्यक्रिया गरी उक्त अण्डकोष हटाइदिने एक प्रस्ताव समेत अस्विकार गरी उनले सबैलाई आश्चर्यमा पारेका छन् ।

ठूला अण्डकोषकै कारण आफुले पाएको चर्चा गुम्ने डरले उनले आफ्नो थाम्नै गाह्रो पर्ने रोगी अण्डकोष हटाउन नमानेका हुन् । वास्तवमा उनलाई अण्डकोषमा पानी जम्ने रोग लागेर अण्डकोष निकै बढेको हो ।

अरु मान्छे यस्तो हालतमा कोहीपनि बस्न सक्दैन र उपचार गराइहाल्छ, तर ती व्यक्ति भने त्यसमै खुसी छन् । शल्यक्रिया भएपछि आफ्नो प्रसिद्धि गुम्ने र त्यसले मरेतुल्य गराउने उनको भनाइ छ ।

स्मरण रहोस् निकै ठूलो अण्डकोषका कारण वारेनलाई अरु काम गर्न त परै जाओस् राम्ररी पिसाब फेर्न पनि कठिनाइ हुन्छ । तर शल्यक्रिया गर्नु पनि उतिसारो सजिलो छैन । शल्यक्रिया गर्दा उनका अण्डकोष र लिंगसमेत पूरै काट्नुपर्ने अवस्था समेत आउनसक्छ ।

पोहोर साल उनले आफ्नो फेसबुक अकाउण्ट खोलेर आफ्नो अजंगको अण्डकोषबारे कुरा बताएपछि उनको उपचारका लागि अनलाइनमार्फत कैयौँ मान्छेले आर्थिक तथा नैतिक सहयोग गरेका थिए ।